- सत्य बटाला,,आठविसकोट रुकुम पश्चिम

रुकुम पश्चिमको,, आठविसकोट नगरपालिका वडा नम्बर ९ राडीज्यूलामा परम्परागत रुपमा लाग्दै आएको चौतारा मेला यस बर्ष लाग्ने भएको छ । धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतालाई जगेर्ना गर्दै बर्षौँ देखि शुभदिपावली तथा छठ पर्वको अवसरमा पुर्खाहरुले चलाउदै आएको २७ औं चौतारा मेला यस बर्ष पनि लाग्ने भएको छ ।

मेला यही कार्तिक २४ गते देखि सुरु हुने छ । परम्परागत रुपमा लाग्दै आए पनि यो भन्दा अघिल्लो बर्ष कोरोना संक्रमणको जोखिमका कारण मेला स्थगित भएको थियो । यस बर्ष भने कोरोना संक्रमणको जोखिम कम भएकाले हरेक क्षेत्र विस्तारै सामान्य बन्दै गएका छन् । त्यसैले यस बर्ष चौतारा मेला लाग्ने भएको मेला आयोजक समितिका अध्यक्ष सुजल शाहिले जानकारि दिए ।

यस बर्ष पनि चौतारा मेलामा विभिन्न प्रतियोगिता सञ्चालन हुने अध्यक्ष शाहीले बताए । मेलामा पुरुष भलिबल , महिला भलिबल , खुला लोकदोहोरी, खुला डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । पुरुष भलिबलमा प्रथम पुरस्कार रु २ लाख ,दोस्रो पुरस्कार रु १ लाख १० हजार, सेमिफाइनलमा पुग्ने दुई टिमलाई ६० हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै महिला भलिबलमा प्रथम पुरस्कार रु १ लाख, दोस्रो रु ६० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमलाई ३० हजारका दरले पुरस्कार प्रदान गरिने छ । यसैगरी खुला ब्याटमिन्टनमा प्रथम हुने जोडिलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार पुरस्कार प्रदान गरिने मेला आयोजक समिति अध्यक्ष शाहीले जानकारी दिए ।

मेलामा खुला लोक दोहोरी प्रतियोगिता पनि आयोजना गरिएको छ । खुला लोकदोहोरी प्रतियोगिता प्रथम पुरस्कार रु १५ हजार, द्वितीय रु १० हजार र तृतिय रु ५ हजार राखिएको छ । मेलामा विभिन्न स्थानीय सिंगारु, पैसेरु, मयुर नाच लगायत झाँकीहरुको पनि प्रस्तुति रहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार