गोपाल बटाला ,रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिका मा नेपाली काँग्रेसको शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस आठबिसकोट नगरपालिका नगरकमिटिको आयोजनामा आज (मंगलबार ) शुभकामना आदान–प्रदान कार्यक्रमको सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख आतिथ्यतामा, नेपाली काँग्रेस जिल्ला सभापति प्रेम प्रकाश ओलि र महासमिति सदस्य मान बहादुर नेपालीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेमप्रकाश ओलिले अब सत्ताको बागडोर समाल्ने जिम्मा अब नेपाली काँग्रेसको हातमा आएको बताए । उनले भने,,केन्द्र देखि प्रदेश र स्थानीय तहमा अब नेपाली काँग्रेसको नेतृत्वको सरकार बन्ने छ ।
त्यस्तै उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र र एमाले परित्याग गरि झन्डै २ सय कार्यकर्ताले नेपाली काँग्रेसमा प्रवेश गरेको जिल्ला उपसभापति धिरेन्द्र कुमार बटालाले टिम खबर लाई जानकारी दिए।