काठमाडौँ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि यहाँ पनि मूल्य घटेको हो ।
महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यका अनुसार आज (बुधबार) प्रतितोला सुनको भाउ ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो (मंगलबार) भने प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने स्थिर छ । मंगलबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।