जाजरकोट नलगाड नगरपालिका वडा नम्बर ७ कालिमाटी देखि सिरक, डस्न , लियर बारेकोट जाँदै गरेको कर्णाली प्रदेश ०२००१ त ०२९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका वडा नम्बर ५ पारिगाउँमा दुर्घटना हुदा ३ जनाको घटना स्थलमै निधन भएको छ भने एक जाना गम्भीर घाइते भएका इलाका प्रहारी कार्यालय दल्ली ले जानकारी दिएको छ ।
नलगाड नगरपाली वडा नम्बर ५ का बर्ष २५ सुरेश खत्री, सोहि वडाका बर्ष ६० दल बहादुर खत्री , नलगाड नगरपालिका वडा नम्बर ७ दल्ली बर्ष ३२, चंखलाल बिकको घटना स्थलमै निधन भएको छ भने वडा नम्बर ७ बगरका बर्ष १७ का बिनोद परियार गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक अर्जुन सिंह साउद ले जानकारी दिनुभयो ।
उक्त ट्याक्टर सडकबाट करिब १५ सय मिटर तल खोलामा झ्ररेको जनाइएको छ । ड्राइभर तिहार मनाउन घर गएकोले उक्त ट्याक्टर गाडि मालिक चंखलाल बिकले चलाएको खुलेको छ । उक्त लासलाइ अहिले पोस्ट माटमको लागि डल्ली गलिएको प्रहरिले जनाए छ । भने घाइले बिनोद परियारलाइ दल्लीमा सामान्य उपचार गरेर थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको जनाए छ।