- टिम खबर सम्बाददाता

शैल्यशिखर नगरपालीका वडा नम्बर ६ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमीतता भएको आरोप
शैल्यशिखर नगरपालीका को वडा नम्बर ६ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा अनिमीतता भएको आरोप लागेको छ । नेपाल सरकारले स्वदेशमै रोजगारी सिर्जना गरी बेरोजगार
युवाहरुलाई रोजगारी दिने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरेपनि कार्यान्वयन प्रभावकारी नहुदाँ यो कार्यक्रमले विभिन्न बेला आलोचना खेप्नु परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामदार छनौट गर्दा आफू निकटकाहरुलाई छनौट गरेको गुनासो जिल्ला भित्र कै स्थानीय तहमा आउने गरेका छन् । वास्तविक बेरोजगार भन्दा पावर, पहुँचवालाहरुका व्यक्तिहरुलाई समाबेश गर्दा बास्तविक बेरोजगार छुट्दै आएका ेशैल्यशिखर नगरपालीका वडा नम्बर ६ का स्थानियहरुको गुनासो छ । रोजगार शाखा संयोजक तेजराज तिमल्सिनाले वडाले डाटा दिएको र वडाकै आधारमा हामीले छोनोट गरेका हौ उहाँले भन्नु भयो । तथ्याङक शंकलन र अध्यवधीक गर्ने काम रोजगार शाखाको भए पनि उहाँले ३,३ ४,४ पटक परेका ब्यक्तीहरुको नाम परेको थाहा नभएको प्रतिक्रया दिनु भयो । ३,३ ४,४ पटक परेको ब्यक्तीको नाम र लिस्ट देखाउनुस भनेर ठाडो जवाफ दिनु भयो । हामीले वडाबाट भरिएका फमहरु मात्र पठाएका र वडाको त्यसमा कुनै पनि सग्लगता ं नरहेको र रोजगार संयोजकले छोनोट गरेर पठाउने प्रतिक्रीया वडा नम्बर ६ का वडा अध्यक्ष गोपाल सिंह धामीको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार