एउटा मानिस छ जसलाई म आफूलाई भन्दा पनि बढी माया गर्छु उ मेरो संसार भन्छु मेरो खुसी, रोदन, हाँसो सबै हो।
तर उसलाई
यो सबकुरा मन् पर्दैन म उसलाई सम्झँदा म उसबाट पाएको सबै पीड़ा बिर्सन्छु अनि डुब्न थाल्छु उसैको याद र न्यानो स्पर्शमा मलाई मेरो आमा काे यति माया लाग्छ कि, जस्तोसुकै परिस्थितिमा आमा काे कुरा गर्छु त्यही कुरा बिर्सन सक्दिन, अनी कुरा भन्छु ऊ पहिलेका ती मायाका भावनाहरू, ती स्पर्श र न्यानो साथ अनि सुरु हुन्छन् मेरो आँसुका वर्षाहरू… मेरो मन यति पिरोलिन्छ अनि अतालिन्छ, के गर्ने ? यता गए नि हुन्न उता गए नि हुन्न अझ त्यो कहिँले कतै झगडा गर्ने क्रममा उसले मलाई सबै सोसिल मिडिया मा ब्लक गर्दा को क्षणमा त उसको एकदम याद आउँछ ।अनि पढ्न खोज्छु पढ्न सक्दिन, उसलाई सम्झन्न भन्छु तर हरपल आँखा अधिने नाचिरहेको हुन्छ र पछि फेरि मनलाई थाम्न सक्दिनँ र फोन नम्बर डायल गर्छु । कल जाँदैन? त्यसपछि म एकान्तमा बसेर रुन सुरु गर्छु तर तो समयमा ऊ भने अरू सङ्गै मंस्त हाँसेर भिडियो कल गर्दै गरेको देखेर म आफैं छक्क पर्छु। त्यहि समय पछी त्यहि दिन मा एउटा डिसिजन देऊ भन्छु’ तर ऊ केही भन्न सक्दैन । केबल म पनि तिमी लाई माया गर्छु केवल एक शब्द भन्छ, म नारी त हो कोमन् मन मा फेरि माया काे अविष्कार सुरू हुन्छ जस्तो गरेंपनि म उस्लाई छाेडेर बस्न् सक्दिनँ, अरूलाई बुढी बनाएर लागेर पनि हेर्न सक्दिनँ म मन थाम्न सक्दिन फेरि आँसु पुछ्दै रुन्छु, अनि उसलाई पनि रुवाउँछु । किन यति पीडा दिएको राजा भन्छु । त्यही वेला बन्छ तो समय मा तिमीले मेरो मन् दुखाएर मैंले यों सबै गरेको हो पटक पटक यो कुरा ले मेरो मन कोमन भइसकेको थियो आखीर के चाहिएको हो उस्लाई माया अनि पैसा जहिले पनि एउटै मात्र कुरा गर्छ मलाई त होइन तेरो पैसा? यो मन् मा यस्तो ? आउँछ
किन, साँचो माया गर्नेहरूलाई मात्र यस्तो समस्या आउँछ ?
फेरि सोधेको छु उस्लाई पहिलेका दिनहरूमा कहिले रिसाउँदै तिमी कहिले हाँस्दै हाम्रा दिनहरू बित्थे आज हाम्रो माया बसेको दश महिनाको अवधिमा आगाडि बढेको छ र सबै लाई थाहा भयो हामी दुईको सम्बन्ध अनि जात भिन्न रहेछ । तर सस्कार भने हिन्दु नै छ । म हिन्दू
परम्पराअनुसार हाम्रो विवाह हँदैन यो कुरा मैले उसलाई भने र उसले यो कुरा आफ्नो परिवारसमक्ष राख्यो अनि उसले मेरो मुमा सँगै कुरा गरो मेरो मुमा पनि के कम सबै कुरा छोरी काे खुसी तपाईं के गर्नु हुन्छ उहाँले मान्नु भएन र बिर्सने सल्लाह दिनुभएछ । त्यही दिन देखि आज सम् म सँग राम्रो सँग एउटा वचन बोलेको छैन सीदा सानो तिनो कुराले हामी बिच पटक पटक झगडा हुन्छ साँच्चै यो माया गाँसेको राम्रो की छोडेको म आफैं निर्णय गर्न नसकेर बसेको छु। साँचो र निश्चल माया तोडेर जाउँ तर जब तिमी बिहे गरेर बसौंला त्यही बेला ठूलो कुरा काे विश्वाश घात हुन्छ जहाँ आज म पटक पटक भनेको छु तिमी आज नेपाल मा नभयनि तिर्मो सबै थोक मलाई थाहा पाए पछि नपाएको अनी माया काे भिख मागेर बसेको छु। यति हुँदाहुँदै पनि तिमी अरू सँग बिहे गरेर बस्नु छ बस तर त्यसपछी को समय धेरै घात हुन्छ?
समय सँगै परिवर्तन गरिएको यो कुरा
तर म अझै पनि भन्छु हामी दुई एक अर्कालाई एकदम माया गछौर भने त्यो कुराले केही फरक पर्दैन । तिमीले आफ्नो परिवारलाई मनाउने पर्छ नत्र, मायाको अर्थ के ? हो केवल परिवारको खुसी मात्र ? होइन कि पहिले जस्तो व्यवहार देखाऊ, कि भनिदेऊ टाढा भइदेऊ । तर पनि म भन्छु, मलाई एक्लै नछोड म तिम्रो चोखो मायाको प्रतीक्षामा छटपटाइरहेकी छु..
सपना न्यौपाने