- गोपाल बटाला

रुकुम पश्चिम । बिजुली प्रयोगमा नआउँदा तारमा स्थानीयले कपडा सुकाउने गरेका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -५ गोतामकोटमा प्रायः बिजुलीको पोल तार लाई घरयासी प्रयोगका रुपमा प्रयोग गर्दै आएको पाइएको छ ।

बिजुलीको पोल गाडेको र तार कसेको करिब ४ वर्ष बितिसक्दा पनि बिजुली बल्न नसकेपछि उक्त तार स्थानीयले कपडा सुकाउन प्रयोग गर्दै आएका छन् ।

केन्द्रीय प्रसारण लाईनको बत्ति बाल्ने भनी पोल र तार कसेको चार वर्ष भैसक्यो बत्ति नै बलेको छैन ,एक स्थानीयले भने,, पटकपटक हामिले वडा सरकारको ध्यानाकर्षण गरायौँ तर अहिलेसम्म बत्ति बल्ने कुनै सुरसार छैन ।

बिजुली बाल्ने आशामा बसेका यहाँका वडावासीहरु अहिलेपनि अन्धकार मै बस्न बाध्य भएका छन् । ट्रान्सफर्मरको वरी परि बच्चाहरुलाई खेल्न नदिऔ ,तार ,पोलमा असावधानी कार्य नगरौं भन्ने नारा लगाए पनि यहाँ भने बिजुलीको तारमा कपडा सुकाउँदै आइएको छ ।

यस्तै वडा नम्बर ४ मा पनि बिजुलिको अवस्था त्यस्तै छ। कतिपयले तार पोल घरायसी प्रयोजनका लागि प्रयोग गरेका छन् भने कतिपय ठाउँमा बच्चालाई पिङ खेल्न पिङ बनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार