रुकुम पश्चिम,योङ्ग कम्युनिस्ट लिग वाइसीएल नेपाल आठविसकोट नगर कमिटीको दोस्रो सम्मेलन सुरु भएको छ । आठविसकोट नगरपालिका ११ मा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपाल आठविसकोट नगर कमिटीको दोस्रो सम्मेलन आज दिउँसो सुरु भएको हो ।
नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा आठविसकोट नगरपालिका इन्चार्ज गोर्खबहादुर केसी ( सन्देश) ले एक कार्यक्रमका बीच नगर सम्मेलनको उद्घाटन गरेका छन । वाइसीएलका नगरकमिटी अध्यक्ष ध्रुव केसीको अध्यक्षता रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष रातो कामी (आरटी), वाइसीएल नेपाल का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज लक्ष्मण ओली, केन्द्रिय सदस्य शुसिला शाही, माओवादी केन्द्र नगर कमिटी सचीव रबि केसी लगायतको आतिथ्यता रहेको छ ।
अहिले नगर सम्मेलनको उद्घाटन सत्र चलिरहेको छ । उद्घाटन सत्र सम्पन्न भएपछि बन्द सत्र सुरु हुने छ । सम्मेलनले वाइसीएल नेपाल आठविसकोट नगरपालिकाको नयाँ कमिटी निर्माण गर्ने छ । सम्मेलन भोलि सम्पन्न हुने बताइएको छ ।।
योङ्ग कम्युनिस्ट लिग वाइसीएल आठविसकोटको दोस्रो नगर सम्मेलन सुरु
- सत्य बटाला आठविसकोट रुकुम पश्चिम

