रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा आज एक औपचारिक कार्यक्रम गरि २७ औं चौतारा मेला २०७८ उद्घाटन गरिएको आयोजक अध्यक्ष सुजल शाहिले जानकारी दिए ।
समृद्व गाउँ शहरको रहर स्वस्थ्य सफा शुशासनयुक्त समन्यायिक र समाज वाद उन्मुख आठबिसकोट नगर भन्ने मुल नाराका साथ स्वास्थ्यका लागि खेल राष्ट्रको लागि खेल भन्ने नारालाइ आत्मसात गर्दै २७ औं चौतारा मेला उद्घाटन गरिएको मेला अध्यक्ष शाहीले जानकारी दिए ।
२७ औं चौतारा मेला मुल आयोजक समिती अध्यक्ष शुजल शाहीको अध्यक्षतामा रहेको कार्यक्रमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ वडा अध्यक्ष तारक शाही को प्रमुख आथित्यता रहेको थियो । त्यस्तै गरि आठबिसकोट नगरपालिका नि.प्रमुख प्रशासकीय अधिकृत मणि राज शाह, वडा नम्बर १० का वडा अध्यक्ष गंगाराम चदारा, उधोग बाणिज्य संघ आठबिसकोट अध्यक्ष दिनेश चन्द ,वडा अध्यक्षहरुको विशेष आथित्यता रहेको थियो ।
त्यस्तै अन्य अथितिमा नेपाल कमनिष्ट पाटी नेकपा माउबादी केन्द्र आठबिसकोट सचीव रबि केसि, नेपाली काँग्रेस जिल्ला उप सभापति धिरेन्द्र कुमार बटाला, नेकपा एमाले प्रतिनिधि शेर बहादुर ओलि, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख इन्द्र बिष्ट लगाएत सुरक्षाकर्मी, संन्चारकर्मी लगायत्को को आथित्यता रहेको थियोे ।
उक्त मेलामा स्वागत मन्तब्य चौतारा मेला मुल आयोजक सह सचीव असोक मल्लले सबै मेला बासिहरुलाइ, खेलप्रेमी , सुरक्षाकर्मि लगयत सम्पुर्णलाई स्वागत मन्तब्य मार्फत स्वागत गर्नुभएको थियो ।
उक्त मेला आज उद्घाटन गरिएको छ भोलि देखि पुरुष भलिबल महिला भलिबल, लोक दोहोरी, डबल ब्याटमिन्टन, विभित संस्कृतिक कार्यक्रम भोलि बिहान देखि सुरु हुने आयोजकले जानकारी दिएको छ ।