- सत्य बटाला आठविसकोट रुकुम पश्चिम

रुकुम पश्चिम, आठबिसकोट नगपालिका स्वास्थ्य तथा सामाजिक विकाश शाखाको आयोजनामा विश्व मधुमेह दिवसको अवसरमा नि:शुल्क रगतमा चिनिको मात्रा परिक्षण गरिएको स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख प्रेम प्रकाश रोकायले जानकारी दिनुभयो ।

मधुमेह सेवाको पहुँच, अहिले नभए कहिले ? भन्ने मुल नाराका साथ मधुमेह रोकथाम परिक्षण र नियन्त्रणलाई प्रथामिकता दिऔं, यसबाट हुने जोखिमलाइ न्युनिकरण गरौं,भन्ने कुरालाइ आत्मसात गर्दै विश्व मधुमेह दिवस मनाइएको हो ।

आठबिसकोट नगरपालिका स्वास्थ तथा सामाजिक विकास शाखाको आयोजनामा आज नगर अस्पतालमा ९० जनाको नि:शुल्क रगतमा चिनीको मात्रा परिक्षण गर्दा ३ जनामा चिनी रोग देखा परेको बताएको छ पुन परिक्षणको लागि भोलि खालिपेट पुन परिक्षणको लागि ३ नै जनालाइ नगर अस्पतालमा बोलाएको स्वास्थ संयोजक रोकायले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार