- सत्य बटाला आठविसकोट रुकुम पश्चिम

रुकुम पश्चिमको,आठबीसकोट नगरपालिका वडा नम्बर ९ मा आयोजित पुरुष खुला ब्याडमिन्टन प्रतियोगितामा डम्बर थापा र इश्वर रावलको जोडि प्रथम भएको छ । स्थानीय चौतारा मेलाको अवसरमा आयोजित प्रतियोगिताको फाईनलमा भावेश बोहरा र शिद्धार्थ केसीको जोडिलाई पराजित गर्दै डम्बर र इश्वरको जोडि प्रथम भएको हो ।

आज बिहान भएको खेलमा डम्बर र इश्वरको जोडिले भावेश र शिद्धार्थको जोडिलाई २-० को साेझाे सेटमा पराजित गर्यो । विजेता बन्न सफल जोडिले ३० हजार नगद पुरस्कार पाएको छ। भने उप विजेता जोडिले नगद २० हजारमा चित्त बुझाएको छ । त्यस्तै आठबीसकोटको गणेश केसी र राजेन्द्र चन्दको जोडि तथा जाजरेकोटको चाँगुनारायण बिष्ट र प्रणव भडेलको जोडि सेमिफाईनलसम्म पुगेको थियो ।
सेमिफाईनलमा पुग्ने २ जोडिले नगद ५/५ हजार पुरस्कार पाएका छन् । मेलाको अवसरमा ब्याडमिन्टन सहित पुरुष भलिबल महिला भलिबल, लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।

पुरुष भलिबल मा प्रथम पुरस्कार २ लाख, दोस्रो पुरस्कार १ लाख १० हजार र सान्तोना हुनेले ६०/६० हजार पुरस्कार पाउने छन त्यस्तै महिला तर्फ प्रथम पुरस्कार १ लाख दोस्रो पुरस्कार ६० हजर र सान्तोना पुरस्कार ३०/३० हजार पाउने चौतारा मेला आयोजक समिती अध्यक्ष सुजल शाही ले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार