रुकुम पश्चिम,बसानीभेरी गाउँपालिका वडा नम्बर ३ बेल्टापुमा मेलामा खुला पालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
बेल्टापु मेलाको अवसरमा खेलकुद विकास समितिले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेको छ । जसअन्तरगत क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगितामा रुकुम पश्चिम मुसिकोट नगरपालिका का २ जाजरकोटक भेरी नगरपालिका २ र सानिभेरी गाउँपालिका का २गरी जम्मा ६ वटा टीमले सहभागिता जनाएका छन् । आज भयको पहीलो खेलमा पिपे युथ क्लबले सानिभेरी क्रिकेट कलवलाई १६ रनले पराजित गरेको टस जितेर ब्याटिङ रोजेको पिपेले निर्धारित १२ओभरको समाप्तीमा ८विकेटको छेदीमा १०८रन बनाएको थियो,
जवाफमा ब्याटिङ गरेको सानिभेरीले निर्धारित १२ ओभरमा
७ विकेट गुमाउँदै मात्र ९२ रन बनाउन सक्यो र अर्को खेल भर्खरै सुरु भयको छ मुसिकोट नगरपालिका र भेरी नगरपालिका जाजरकोट बिच खेल भैरहेको छ ताजा अबस्थामा टस जितेर ब्याटिङ गरेको मुसिकोट ले ४ ओभरको सम्मापतीमा ३० रन जोडेको छ उसले कूनैपनी विकेट गुमाएको छैन,प्रतियोगिताको विजेताले नगद ४० हजार पुरस्कार प्राप्त गर्ने छ । भने उप विजेताले २० हजार नगद पुरस्कार पाउने छ ।
जिल्लामा पहिलो पटक पालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना भएको हो । अन्य खेलकुद प्रतियोगिताहरु धमाधम संचालन हुने गरेपनि जिल्लामा क्रिकेट प्रतियोगिताहरु कमै मात्रमा संचालन हुने गरेका छन् ।
मेलाको अवसरमा खुला वडा स्तरीय पुरुष र महिला भलिबल तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरिएको छ । भलिबल र ब्याडमिन्टनका खेलहरु भोलीबाट सुरु हुने आयोजकले जनाएको छ । आजबाट सुरु भएको मेला तथा खेलकुद कार्यक्रम मंसिर ३ गतेसम्म चल्ने बताईएको छ ।