- छविलाल विष्ट, सानोभेरी गाउँपालिका

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा आयोजित खुला वडा स्तरीय पुरुष भलिबलको उपाधी बाँफिकोट गाउँपालिका वडा नम्बर ४ ले हात पारेको छ । आज भएको फाईनल खेलमा सानीभेरी गाउँपालिका वडा नम्बर ७ लाई ३–० को सोझो सेटमा पराजित गर्दै बाँफिकोट ४ ले नगद १ लाख ६ हजार पुरस्कार हात पारेको हो । उप विजेता बनेको सानीभेरी ७ ले नगद ६६ हजारमा चित्त बुझाएको छ ।

बाँफिकोट ४ सानीभेरी ३ लाई सेमिफाईनलमा पराजित गर्दै फाईनल पुगेको थियो भने सानीभेरी ७ ले फाईनलको यात्रा तय गर्न सानीभेरी ४ लाई पाखा लगाएको थियो ।

सेमिफाईनलसम्म पुगेका सानीभेरी ३ र ४ ले नगद २६-२६ हजार प्राप्त गरेका छन् । पुरुष भलिबलमा १४ टीमले प्रतिस्पर्धा गरेका थिए भने महिला ८ टीमले प्रतिस्पर्धा गरेका हुन महिला भलिबलको उपाधी भने दंगिशरण गाउँपालिका ७ दाङले हात परेको थियो ।

मेलाको अवसरमा गाउँ खेलकुद विकास समिति सानीभेरीले खुला वडास्तरीय महिला, पुरुष भलिबल, खुला पुरुष डलब ब्याडमिन्टन र खुला पालिका स्तरीय पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । मेला सहित मेलाको अवसरमा आयोजित खेलकुद प्रतियोगिताहरु आज सम्पन्न भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार