- सुनिल बि.क

रुकुम पश्चिमकाे आठविसकाेट नगरपालिकामा लाखौं रकम खर्च गरेर बनाईएकाे डम्पिङ साईड हुुदाँ पनि नगरपालिका काे लापरबाही का कारण अझै फाेहाेर व्यवस्थापन हुन सकेकाे छैन ।।

आठविसकाेट नगरपालिका बाट विनियोजित रकम द्वारा निर्मित डम्पिङ साईड निर्माण गरेकाे केही समय सम्म प्रयाेगमा आएपनि आजभाेलि प्रयाेग विहिन भएकाे छ । आठविसकाेट नगरपालिका बजार क्षेत्र भित्रकाे फाेहाेर नगरपालिकाकै ट्याक्टर र ट्रकले उठाएपनि सहि ठाउँमा वा डम्पिङ साईडमा नलगेर राडि देखि गिजा जाने राेड नगरपालिका देखि करिब २/३ सय मिटर नजिकै गिजागाडकाे किनारा मै लगेर जलाउने गरेकाे पाईएकाे छ ।

फाेहाेर जलाउने किनार नजिकै घर हरु छन ।ती घरहरुकाे नजिकै फाेहाेर जलाउदा विभिन्न प्रकारका पलाष्टिककाे धुलाे ले आफुहरु लाई स्वास्थ्य मा धेरै असर गरेकाे स्थानिय वीर बहादुर वि.क ले जानकारि दिनुभएकाे छ । गाउँ , टाेल बस्ति र घरहरुकाे नजिकै फाेहाेर जलाउदा फाेहाेर काे धुवा हावाकाे माध्याम बाट ती नजिकैका घरहरु सगैँ बजार यरियाकाे केही भागलाई न‌ै असर गर्ने भएकाले त्यहाँका स्थानिय बासिन्दाहरुले गुनासाे गरेका छन भने यता आठविसकाेट नगरपालिकाले डम्पिङ साईड प्रयाेगमा ल्याउन नसकिने बताएकाे छ ।

डम्पिङ साईड बनाएकाे जग्गा काे नजिकै मेगा (कन्सेभ्ड) काे विद्यालय बन्दै गरेकाे र उत्त विद्यालय लाई धेरै फराकिलाे जग्गा चाहिने भएकाले डम्पिङ साईड काे जग्गा पनि विद्यालय ले नै प्रयाेग गर्ने भएकाले अर्को डम्पिङ साईडकाे व्यवस्था गर्नु पर्ने भएकोले अझै केही समय लाग्ने आठविसकाेट नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत मनिराज शाह ले जानकारि दिनुभएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार