रुकुम पश्चिम,नेपाली कांग्रेस नगर कार्य समिती आठबिसकोट द्वारा नेपाली कांग्रेस संस्थापक सभापति जित बहादुर बटालाको १३ औं पुन्ने तिथिका दिन शोक सभा कार्यक्रम सप्पन्न गरिएको छ ।
नेपाली कांग्रेस आठबिसकोट नगरपालिका ९ नम्बर वडा कार्यसमिति सभापति तिलक बटालाका पुजनिय पिता नेपाली कांग्रेसका संस्थापक सभापति, शिक्षाप्रेमी, समाजसेवि तथा अभिभावक श्री जित बहादुर बटालाको ७३ बर्षको उमेरमा भएको दु:खद निधनले पाटिलाइ अतुलनीय छती पुगेको बताएको छ ।
दु:खको यस घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै नेपाली कांग्रेसका नेता तारक बहादुर शाहिले हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुभएको हो । पाटिले साथै शोकाकुल परिवार जनमा धैर्य गर्ने शक्ति मिलोस भन्दै समवेदना प्रकट गरेको छ ।
उनी नेपाली कांग्रेसमा २०४६ साल देखि सभापति भएर २०६७ साल सम्मा पाटिको महत्वपूर्ण जिम्मेवारी बहन गर्दै आउनुभएको कुरा बताउदै शिक्षा क्षेत्रमा श्री कालिका मा.वि सुन्दरपानी बिद्यालयको पहिलो संस्थापक रहेर महत्वपूर्ण जिम्मेवारी समालेको कुरा नेता शाहिले शोक सभा कार्यक्रममा बताउनु भयो ।