रुकुम पश्चिम । नेपाल सरकारका अर्थ मन्त्री तथा नेकपा (माओवादी केन्द्र) संगठन बिभाग प्रमुख जनार्दन शर्मा रुकुम पश्चिम आउने भएका छन् । मन्त्री भएपछि शर्मा पहिलोपटक गृह जिल्ला रुकुम पश्चिम आउन लागेका हुन् । रुकुम पश्चिम माओवादीको यही मंसिर १० र ११ गते हुने पालिका स्तरीय सम्मेलन उद्घाटनको लागि अर्थ मन्त्री शर्मा रुकुम आउन लागेको स्रोतले बताएको छ।
त्यस्तै आठबिसकोट नगरपालिकाको केन्द्र राडी बजारमा मंसिर ११ गते हुने नगर सम्मेलनमा अर्थमन्त्री शर्मा आउने कार्यक्रम तय भएको माओवादी केन्द्र आठबिसकोटले जनाएको छ । माओवादी केन्द्र आठबिसकोट नगरकमिटी सचीव रबि केसीका अनुसार सम्मेलनको सम्पुर्ण तयारी भैरहेको छ । अर्थमन्त्री शर्माले मंसिर ११ गते आठबिसकोट नगर सम्मेलन उद्घाटन गर्ने सचीव केसीले जानकारी दिए।
यस अघि माओवादी केन्द्रले रुकुम पश्चिमले वडा सम्मेलन सम्पन्न गरिसकेको छ । पालिकामा भने मंसिर १० र ११ गते सम्मेलन गर्ने तयारी भैरहेको छ।
मंसिर १० गते त्रिवेणी गाउँपालिका,सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको सम्मेल सुरु हुने छ । भने,मंसिर ११ गते आठबिसकोट नगरपालिका ,बाँफिकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको पालिका स्तरीय सम्मेलन हुने जनाइएको छ ।
जिल्लाका ६ वटै स्थानीय तहको सम्मेलन अर्थ मन्त्री शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ । साथै सम्मेलन सफल पार्न कार्यकर्ता ,स्वयंसेवक परिचालन र प्रचारप्रसार तिव्र पार्ने माओवादीले जनाएको छ ।