- सत्य बटाला

नेपाली कांग्रेस रुकुम पश्चिमको सभापतिमा प्रेमप्रकाश ओलि सर्वसम्मत चयन हुनुभएको छ । सातौं जिल्ला अधिवेशनबाट ओली फेरि सभापतिमा दोहोरिनु भएको हो । सभापतिमा ओली सहित अन्य पदाधिकारी तथा कार्य समितिका सबै सदस्य सर्वसम्मत चयन भएको कार्यसमिति सचीव तारक बहादुर शाहिले जानकारी दिनुभयो ।

शाहिका अनुसार उपसभापतिमा हर्कसिङ खत्री, सुरजजंग मल्ल, सचिवमा परमेश्वर भण्डारी, तारकबहादुर शाही, सह सचिवमा यज्ञबहादुर विष्ट र प्रेम खड्का चयन हुनु भएको छ । कोषाध्यक्ष भने जिल्ला कार्य समितिले मनोनित गर्ने व्यवस्था छ । कोषाध्यक्षमा पूरानै कोषाध्यक्ष मोहविर खड्का मनोनित हुने बताइएको छ ।ल

प्रदेश सभा निर्वाचन क्षेत्रीय सभापतिमा क मा महेन्द्र केसी र ख मा भद्रबहादुर विष्ट चयन हुनु भएको छ । बुधबार राति सर्वसम्मत सहमति भएको जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समितिको सूची सार्वजनिक गर्ने तयारीमा कांग्रेस रहेको छ । नेपाली कांग्रेसले ६ गते अधिवेशनको उद्घाटन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार