काठमाडौं । ग्लोबल इन्टरनेसनल अवार्ड २०२१ को आयोजनामा Best Social woman award बाट मानवअधिकारका लागी महिला एकल महिला समूह चन्द्रागिरीकी अध्यक्ष एवं समाजसेवि शान्ति महर्जन सम्मानित भएकी छन्।युएईको दुवई स्थित भएको एक कार्यक्रममा महर्जन उत्कृष्ट समाज सेवा मार्फत सम्मानित भएकी हुन् ।

गत नोभेम्बर १९ मा वर्ड वाइड मिडिया नेटवर्क मार्फत महर्जन उत्कृष्ट महिला समाजसेविका रुपमा सम्मानित भएकी छन्।दोस्रो ग्लोबल इन्टरनेसनल अवार्ड २०२१ दुवई को आयोजनामा महर्जनलाई सम्मान गरिएको हो ।सामाजिक क्षेत्रमा सक्रिय महर्जन दशक लामो समयदेखि एकल महिलाको हकअधिकारको मुद्दा लड्दै आएकी छन् ।

कोरोना संत्रासको समयमा लकडाउनमा भोकै बस्नुपर्ने बाध्यता भएका नागरिक ,आइसोलेसनमा बस्ने बिरामी र बर्षा याममा बाढिपहिरो बाट घरबाट बिहिन भएका हरुको सहयात्री बन्दै आएकी शान्ति सामाजिक क्षेत्रको एक धरोहरका रुपमा चिनिदै आएकी छन् ।

सामाजिक लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएका ब्यक्तिहरुलाई वर्ल्ड वाइड मिडिया नेटवर्कले ग्लोबल इन्टरनेसनल अवार्ड प्रदान गर्दै आएको छ, समाजसेवि शान्ति महर्जन यस अघि पनि विभिन्न अवार्ड बाट सम्मानित हुँदै आएकी छन् । बिगत १२ वर्षदेखि एकल जीवन बिताउँदै आएकी शान्ति सामाजिक क्षेत्रमा निकै क्रियाशिल रुपमा लाग्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार