- Gopal Batala

गोपाल बटाला काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिम काठमाडौ सम्पर्क समन्वय समितिको प्रथम जिल्ला सम्मेलन सुरु भएको छ ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सम्मेलन सुरु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि दिलाराम आचार्यले पानसमा दिप बालेर औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।आज आयोजित प्रथम सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने समितिले जनाएको छ ।

कार्यक्रममा रुकुम घर भइ काठमाडौमा बसोबास गर्दै आएका विभिन्न पेशा व्यवसायी ,विद्यार्थी ,पत्रकार तथा माओवादीका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
आजै बन्द सत्र गरी समन्वय समिति नयाँ नेतृत्व समेत चयन गर्ने जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार