- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रको आठबिसकोट नगर सम्मेलन सुरु भएको छ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले आज दोस्रो नगर सम्मेलनको उद्घाटन गरेका हुन् ।

सम्मेलनमा बोल्दै आठविसकोट नगरपालिकाका नगर प्रमुख गोर्ख बहादुर केसिले बेरोजगारी बढ्नुको कारण सो भेकमा गतिलो नेता नभएको बताएका छन् । हाम्रो भुभागमा धेरै बिकास चाहिएको छ । तर यहाँ एकताको आवश्यक छ । सबैले सकारात्मक सोचेर यो भुभागलाई अगाडी बढाउन आजको आवश्यकता हो ।

“आर्थिक समृद्धि तथा सामाजिक सांस्कृतिक रूपान्तरणका पक्षमा हाम्रो अभियान,समाजबादको आधार निर्माणको दिशामा दोस्रो नगर सम्मेलन”भन्ने मुल नाराका साथ भएको आठबिसकोट नगरपालिकाको दोस्रो नगर सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख अतिथ्यता रहेको थियो।

द्वन्द्वकालमा ज्यान गुमाएका आठविसकोटका २८ जना सहिद र घाईतेहरुलाई स्मरण गर्दै आफु जनताको सेवक भएको अर्थ मन्त्री जनार्दन शर्माले बताए ।

उनले भने,, स्वास्थ्य र शिक्षामा ध्यान दिएपछि अरु बिस्तारै हुने कुरा हो । अबको ५ वर्ष भित्र कोहि जनतालाई के खाऊँ के लाऊँ भनेर चिन्ता लिनुपर्ने गरिवी नहुने बताए।

नगर सम्मेलन लाई सम्बोधन गर्दै शर्माले, लुकिछिपी महिला, आपाङ्ग र बालवालिका हरुमा हिंसा भैरहेको बताए । यस्ता हिंसाबिरुद्ग सबैले आ- आफ्नो ठाउँबाट आवाज उठाउन मन्त्री शर्माले आग्रह समेत गरे । आठबिसकोटमा जारी दोस्रो नगर सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने माओवादीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार