रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा ठुलो संख्यामा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार आठविसकोट नगरपालिकाको दोस्रो नगर सम्मेलन उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरी ठुलो संख्यामा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेका जिल्ला कमिटी सदस्य वीरबहादुर रोकाय सहित वडा नम्बर ७ को एमालेको पुरै टिम वडा नम्बर १० स्थित एमालेका जिल्ला कमिटी सदस्य केशव शाही, जय बहादुर शाही लगायतका कार्यकर्ताहरु पनि पार्टी परित्याग गरी माओवादीमा आएका छन् ।
यस्तै नेपाली काँग्रेसका पूर्व जिल्ला कमिटी सदस्य टेकबहादुर मल्ल, वडा उपसभापति शेरबहादुर शाही लगायतको टिम, वडा नं. १ का २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेबाट वडा अध्यक्षका उम्मेदवार कबिराम बि.क. लगायत एमालेका जुझारु युवा दिपेन्द्र बुढा, नेपाली काँग्रेसका चर्चित युवा नेताहरु प्रकाश यरी र गोपाल यरी पनि माओवादीमा आउनु भएको छ ।
यसैगरी नेपाली काँग्रेसका नगर कार्यसमितिका पूर्व सहसचिव दिपक बटाला, वडा नं. ७ का साबिक आठबिसकोट गा.बि.स. वडा ५ बाट निर्वाचित नेपाली काँगे्रसका चन्द्रबहादुर मल्ल लगायत घेत्मा, खदी, गोतामकोट र आठबिसडाडाँगाउँबाट पनि अन्य पार्टी पत्यिाग गरी माओवादीमा आएका छन् । सम्मेलनमा झन्डै ४ सय जना माओवादीमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रमा स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख जनार्दशन शर्मा प्रभाकर, प्रदेश कमिटी सदस्य तथा नगर कमिटी इन्चार्ज गोर्खबहादुर केसी (सन्देश) प्रदेश कमिटी सदस्य तथा नगर कमिटी अध्यक्ष रातो कामी (आरटी) लगायतले माला र अविर लगाएर स्वागत गर्नुभयो ।