- टिमखबर सम्बाददाता

टिम खबर रुकुम पश्चिम – जाजरकोटमा राती बस दुर्घटना भएको छ । बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

नेपालगन्जदेखि जाजरकोट हुँदै राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जाजरकोटका डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । राती बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको थियो ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार