- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकामा २५ औं चिसापानी मेला लाग्ने भएको छ । ऐतिहासिक रुपमा लाग्दै आएको चिसापानी मेला अघिल्लो वर्ष कोरोनाको कारण स्थगित भएपनि यसपालि यही मंसिर १४ गतेदेखि मेला लाग्ने भएको हो ।

परम्परागत रुपमा बिगत२५ वर्षदेखि लाग्दै आएको चिसापानी मेला यसपालि भने आठबिसकोट नगरपालिका-११ रमाइलो टाकुरीमा लाग्ने भएको छ । चिसापानीमा जग्गाको विवाद चुलिदै गएपछि यश वर्षदेखि सोही वडाको रमाइलो टाकुरी चौरमा मेला लगाउने तयारी भएको आयोजक समितिका अध्यक्ष नरेश पुनले जानकारी दिए ।

त्यस्तै मेलामा विविध खेलकुद आयोजना गरिएको छ । स्वच्छ वडा स्तरीय पुरुष ,बालबालिकाको दौड ,लोकदोहोरी,छेलो र विविध झाक्री प्रदर्शन गरिने पुनले बताए ।

वडा स्तरीय पुरुष भलिबलको प्रथम पुरस्कार १ लाख १० हजार ,दोस्रो पुरस्कार ७० हजार र शान्तवना हुनेले २५ / २५ हजार रुपैयाँ हातपार्ने आयोजकले जनाएको छ । भलिबलको लागि मंसिर १४ गते १० बजेसम्म दर्ता गरिसक्ने र सोहिदिन १२ बजे उद्घाटन सुरु हुने जनाएको छ ।

त्यस्तै मेलामा मयुर नाँच,पैसेरु नाँच,सिंगारु नाँच जस्ता अन्य नाँचहरु प्रदर्शन गरिने र उक्त समुहलाई २ हजार प्रदान गर्ने आयोजकले समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार