सत्य बटाला ,रुकुम पश्चिम नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमका सबै स्थानीय तहमा पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । मंशिर १० र ११ गते जिल्लाका सबै ६ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रको पालिका सम्मेलन उद्घाटन गरिएको थियो ।
उक्त सम्मेलनबाट सबै पालिकाको नेतृत्व सर्वसम्मत चयन गरिएको हो । चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा हिजो नेतृत्व चयन भए संगै जिल्लाका सबै पालिकाले माओवादीको नयाँ नेतृत्व पाएको छ । आठबीसकोटको नेतृत्वमा युवा टोलीको वर्चश्व छ । अध्यक्षमा रवि केसी चयन हुनुभएको छ अध्यक्ष देखि अन्य पदाधिकारीमा पनि युवाहरुले मौका पाएका छन ।
चौरजहारीमा पनि नयाँ नेतृत्व टुंगिएको छ । चौरजहारीमा श्रीकृष्ण शर्माको अध्यक्षतामा नगर समिति बनेको छ । नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिकाको अध्यक्षमा भने चन्द्रबहादुर केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ । मुसीकोटमा धिरन शिर्पाली, सानीभेरीमा भुपालसिंह ओली र त्रिवेणिमा गणेशबहादुर खड्काको अध्यक्षतामा यस अघि नै नयाँ नेतृत्व चयन भइसकेको थियो । विधान अनुसार नगर समिति ६५ सदस्यीय र गाउँपालिका समिति ५५ सदस्यीय बनेका छन् । राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको माओवादी केन्द्रले देशभरका पालिकाहरुमा एकै पटक पालिका सम्मेलन उद्घाटन गरेको थियो । रुकुम पश्चिममा मुसीकोट र चौरजहारी नगरपालिका तथा त्रिवेणि र सानीभेरी गाउँपालिकामा मंशिर १० गते तथा आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा मंशिर ११ गते सम्मेलन उद्घाटन भएको थियो ।
पालिका पदाधिकारीहरूः
आठबिसकोट नगरपालिका
अध्यक्षः रबि केसी
उपाध्यक्षः डिल्ली चनेल ( उत्तम )
प्रेमा शाही
मान बहादुर चदारा
सचिवः गोर्खे कामी (गम्भीर )
सह–सचिवः देब बहादुर घर्ती
कोषाध्यक्षः गिता नेपाली
मुसिकोट नगरपालिका
अध्यक्ष : धिरेन्द्र सिर्पाली
उपाध्यक्ष : दल बहादुर खड्का
बुद्धिप्रसाद पुन
निर्मलकुमार पुन
सचीव : शुशिला गौतम
सहसचिव : नवीन ओली
कोषाध्यक्ष : जोखिमाया कठायत
चौरजहारी नगरपालिका
अध्यक्षः श्रीकृष्ण शर्मा
उपाध्यक्षः सुदास स्वर्णकार
खुमबहादुर खड्का
सपना बिष्ट कार्की
सचिवः विरबहादुर राना
सह–सचिवः लालबहादुर कटुवाल
कोषाध्यक्षः अमर केसी
बाँफिकोट गाउँपालिका
अध्यक्षः चन्द्रबहादुर खड्का
उपाध्यक्षः नरबहादुर खत्री
झरना शाही
शेरवहादुर बिक
सचिवः हर्कु मल्ल
सह–सचिवः हरि चन्द
कोषाध्यक्षः धनबहादुर खत्री
सानीभेरी गाउँपालिका
भुपालसिंह ओली ‘पृथ्वी’
उपाध्यक्षः सर्वजित घर्ती,
धर्म पुन
मोतिराम रोका
सचिवः टेकबहादुर पुन
सह–सचिवः सरस्वति विक
कोषाध्यक्षः इन्दिरा ओली
त्रिवेणि गाउँपालिका
अध्यक्षः गणेशबहादुर खड्का
उपाध्यक्षः सुन्दर ओली
कर्णबहादुर खड्का
टेकबहादुर ओली
सचिवः चन्द्रबहादुर खड्का
सह–सचिवः जनककुमार विश्वकर्मा
कोषाध्यक्षः निर्मला बिष्ट