सत्य बटाला प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको दोस्रो अधिवेशन सुरु भएको छ । अधिवेशनका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य, पार्टीका कर्णाली प्रदेश इन्चार्ज एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत र विशेष अतिथि नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष राजकुमार शर्माले मंगलबार एक कार्यक्रमका बीच अधिवेशनको उद्घाटन गरेका हुन ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्र्खेतमा प्रेस सेन्टर कर्णाली प्रदेश समितिको अधिवेशन सुरु भएको हो । अधिवेशनमा प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधिहरु सहभागी भएका छन् । मंगलबार उद्घाटन सत्र सम्पन्न भएपछि बन्दसत्र चल्ने छ ।
बन्दसत्रबाट प्रेस सेन्टर प्रदेश समितिको नयाँ नेतृत्व चयन गरिने छ । अहिले कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य दिइरहेका छन ।