- सत्य बटाला

सत्य बटाला प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको अध्यक्षमा सल्यानका प्रतिकइच्छुक शर्मा चयन भएका छन् । मंगलबार प्रदेश राजधानी विरेन्द्र नगर सुर्खेतमा सम्पन्न भएको सम्मेलनले शर्मालाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । यस्तै प्रदेश समितिको वरिष्ठ उपाअध्यक्षमा रुकुम पश्चिमका गणेशकुमार सिर्पाली निर्वाचित भएका छन् ।

यस्तै प्रदेश समितिको उपाध्यक्षमा जुम्लाका पूर्णप्रसाद चौलागांई, प्रमुख सचिवमा सुर्खेतका धर्मराज जि.सी. चयन भएका छन् । जसको सचिवमा सल्यानका तिलकराज ओली, सुर्खेतका विवसकुमार सेजुवाल, युद्यराज शर्मा (जाजरकोट),अर्जुनप्रसाद भट्टराई (कालिकोट), उपेन्द्र न्यौपाने (जुम्ला), देवका लामिछाने (जाजरकोट) र तिल्सरा बि.कं हुम्लाबाट निर्वाचित भएका छन् । प्रदेश समितिको कोषाध्यक्षमा रुकुम पश्चिमका

गोपालप्रसाद रेग्मीलाई चयन गरिएको छ ।
जम्मा ४१ सदस्सीय प्रदेश समिति निर्माण गरिएको प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिले जनाएको छ ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार