ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘लाखे’को लागि अडिसन खुल्ला गरिएको छ ।कोरोना कहरपछि ठूलो बजेटमा सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘लाखे’मा सौगात मल्ल, अनुपबिक्रम शाही, अर्यान अधिकारी, सुनिल थापा, अर्पण थापा, सुशील सिटौला, विजय बराल लगायतका कलाकारको टुङ्गो लागेको निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए।फिल्ममा मुख्य नायिका १८-२४ उमेर समुहको एक जना , ८-१० वर्षको बाल कलाकार एक जना, १७-२४ वर्षको एक जना महिला कलाकार र २६-५० वर्षको पुरुष

सहायक कलाकार दश जना आवश्यक रहेको निर्देशक सम्राट वस्नेतले वताए।सिजन अर्याल, हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी निर्माता रहेको फिल्म ‘लाखे’को सुटिंग यहि पुष १० गतेदेखि हुने वताईएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार