- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिम नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य जनप्रतिनिधिले कांग्रेस परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

जिल्लाको आठबिसकोट नगरपालिकाको वडा नम्बर -०९ राडी बजारमा बिहिवार माओवादीले आयोजना गरेको भाब सम्प्रेषण कार्यक्रममा वडा नम्बर ९ कि निर्बाचित जनप्रतिनिधि सीता शाह परियारले नेपाली कांग्रेस परित्याग गरि माओवादीमा प्रवेश गरेकि हुन्।

माओवादीमा प्रवेश गर्नेहरुलाई माओवादी केन्द्र आठबिसकोटका अध्यक्ष रवि केसीले पार्टी प्रवेश गराएका थिए। नगर अध्यक्ष केसीका अनुसार निर्वाचित जनप्रतिनिधि परियार र उनका श्रीमान् कलस परियारले कांग्रेस परित्याग गरि माओवादीमा प्रवेश गरेका छन् ।

आठबिसकोट नगरपालिका वडा नम्बर-०९ मा बिजयी नेपाली काँग्रेसको वडा सरकारले जनताका लागि गतिलो काम गर्न नसकेका कारण आफुहरुले पार्टी परित्याग गरेको कांग्रेस परित्याग गर्नेहरुको भनाइ छ।

नव प्रवेशी परियार गएको स्थानीय निर्वाचनमा ६०५ मत ल्याएर वडासदस्यमा निर्वाचित भएकी हुन् । त्यस्तै कलस परियार कांग्रेसको क्षेत्रीय कार्यसमिति सदस्य हुन् । वडा जनमुखी नेतृत्व नभएकोले कांग्रेसको सदस्यता त्याग गरेर माओवादीमा प्रवेश गर्ने निर्णय गरेको उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार