- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिम । जिल्लाको आठबीसकोट नगरपालिका स्थित औल मा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिहिवार राती ११ बजेतिर ट्याक्टर दुर्घटना भएको हो ।

रा १ त ४४१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय अन्दाजी २५ वर्षीय ट्याक्टर चालक गोपाल बिक को मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय आठबीसकोटका अनुसार वडा नम्बर ७ को औल भन्ने ठाउँ नजिकै ट्याक्टर पल्टिएको हो । ट्याक्टर दुर्घटनामा परी चालक गोपाल बि क को घटनास्थलमै मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएको इप्रका आठबिसकोटले जनाएको छ ।

वडा नम्बर -८ को दाजे बाट राडी तर्फ आउँदै गरेको ट्याक्टर सडकमै चिप्लिएर पल्टिएको जनाईएको छ । उक्त ट्याक्टर दुर्घटनामा परी घाइते भएकी श्रीमती सपना बिकको नगर अस्पताल आठबिसकोटमा उपचार भैरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार