सत्य बटाला चितवन प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन आजदेखी सुरु भएको छ । चितवनमा हुने महाधिवेशन आज र भोली दुई दिन सम्म चल्ने आयोजकले जनाएको छ ।
सम्मेलनमा देशैभरबाट एक हजार हाराहारी प्रतिनिधि सहभागी भएका छन् । प्रेस सेन्टर नेपालका अनुसार अधिवेशनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका प्रतिनिधि सहभागी भएका छन् ।
राष्ट्रिय महाधिवेशन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको छ । उक्त महाधिवेशनमा विधान संशोधनसँगै तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । सेन्टरको तेस्रो सम्मेलन काठमाडौँमा भएको थियो ।