- सत्य बटाला

सत्य बटाला सुर्खेत, नेपाल पब्लिक क्याम्पस संघ कर्णाली प्रदेश कमिटिको दोस्रो अधिवेशनबाट संयोजकमा सिम्ता बहुमुखी क्याम्पस सुर्खेतका वकिल बस्नेत चयन भएका छन ।
सनिवार प्रदेश राजधानी विरेन्द्र नगर सुर्खेतमा सम्पन्न भएको सम्मेलनले बस्नेतलाइ संयोजकमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । यस्तै प्रदेश समितिको सहसंयोजक मा जनज्ञानकुन्ज क्याम्पस जाजरकोटका धन बहादुर थापा निर्वाचित भएका छन् ।

यस्तै प्रदेश समितिको सचिवमा राडिज्युला शिक्षा क्याम्पस
रुकुम पश्चिम का तेज बहादुर मल्ल , सहसचीवमा जनचेतना क्याम्पस कालिकोटका पुष्पराज संज्याल त्यस्तै प्रदेश समितिको कोषाध्यक्षमा सल्यान बहुमुखी क्याम्पस सल्यानका पारष मणि थापालाई चयन गरिएको छ ।

सदस्यमा हिमशिखर बहुमुखी क्याम्पस सुर्खेतका बालकृष्ण बि.सि.,आठबिस शिक्षा क्याम्पस दैलेखका भिम बहादुर शाही, सिजा बहुमुखी क्याम्पस जुम्लाका तिर्थ बहादुर नेपाल, फारुला बहुमुखी क्याम्पस सल्यानका देवेन्द्र कुमार चन्द, नलगाड बहुमुखी क्याम्पस जाजरकोटक काली बहादुर पुन र हिमज्योती बहुमुखी क्याम्पस हुम्लाका नेत्रलाल हमाल लगाएत ११ सदस्य चयन गरिएको नेपाल पब्लिक क्याम्पस कर्णाली प्रदेश समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार