दिपक केसी रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -७ का वडाअध्यक्ष नवराज बुढाले मदिरा सेवन गरि बिद्यालयका प्रधानाध्यापक माथी अभद्र व्यवहार गरेका छन् । बुढाले सोही वडाको डाँफे स्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रमेश केसी माथी अभद्र व्यवहार गरेका हुन् ।

स्थानीय तहको चुनावमा नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष बुढाले विद्यार्थिले दिउँसोको खाजा खाने समयमा दिउँसै मदिरा सेवन गरि बिद्यालयको चौरमा अपमानजनक व्यवहार गर्नुका साथै गालिगलौज गरेको प्रधानाध्यापक केसीले बताए । बुढाले पटकपटक मदिरा सेवन गरि बिद्यालय हाताभित्र जथाभावी बोल्ने र शिक्षकहरु प्रती अभद्र व्यवहार गर्दै आएको उनको भनाई छ ।

बिद्यालयको बिषयमा कुरागर्नु छ भन्दै, आफुमाथी एकाएक हातपात गर्न आएको केसीले बताए । कुरा गर्दागर्दै अध्यक्ष बुढाले एकाएक अपमानजनक शव्द बोलेर अभद्र व्यवहार गर्नुभयो ,, विद्यालयकै चौरमा म माथी हातपातको प्रयास भयो । तर विद्यार्थी शिक्षक सबैजना त्यहाँ भएकोले म सुरक्षित भए । केसीले ताजा पत्रिका सँग भने , बारम्बार जथाभावी बोल्नु हुन्थ्यो । एसपटक गालिगलौज सहित हातपात गर्न खोज्दा ,,असफल हुनुभयो ।

वडा अध्यक्ष बुढासँग ताजा पत्रिकाले फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुनसकेको छैन । गैरजिम्मेवार जनप्रतिनिधिले दिउँसै मदिरा सेवन गरेर आफुमाथी गरिएको अपमानजनक व्यवहारको भत्र्सना गर्दै केसीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रहरी समक्ष जाहेरी दर्ता गरेको बताए । उनले भने ,, जनप्रतिनिधि जस्तो मान्छेले बिद्यालयजस्तो पबित्र स्थलमा रक्सी खाएर जथाभावी बोल्दा मैले पटकपटक सम्झाएको थिए तर अब अति भैसकेकोले कानुनी बाटो अपनाएको छु ।

केसी जनज्योति आधारभूत विद्यालय ,डाँफेमा करिब ३ वर्षदेखि प्रधानाध्यापकका रुपमा कार्यरत छ । अभद्र व्यवहार गर्ने वडाअध्यक्ष लाई कारबाहीको मागगर्दै सोमबारदेखि विद्यालयमा पठनपाठन ठप्प छ । बुढालाई कारबाही नगरेसम्म बिद्यालय नखोल्ने एक शिक्षकले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार