काठमाडौं, १ पुस । नेपाली कांग्रेसको उपसभापतिको मतगणना सम्पन्न भइको छ । जसअनुसार सभापतिमा विजयी शेरबहादुर देउवा समुहका पूर्णबहादुर खड्का र सभापतिमा पराजित डा. शेखर कोइराला समुहका धनराज गुरुङ विजयी भएका छन् ।सभापतिमा पराजित डा. शेखर कोइराला समुहका चन्द्र भण्डारी र देउवा समुहका विजय गच्छादार, प्रकाशमान सिंह समुहकी सुजता कोइराला र विमलेन्द्र निधी समुहकी दिव्यश्वरी शाह पनि पराजित भएका छन् ।देउवा प्यानलबाट प्रतिस्पर्धामा रहेका विजय गच्छदार र शेखर प्यानलका चन्द्र चण्डारी प्रतिस्पर्धात्मक रुपमा पराजित भए। चार बाहकेका अन्य उम्मेद्वारले ५०० मत कटाउन सकेनन्। सभापतिमा दुई पदका लागि सात जनाको उम्मेद्वारी परेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार