नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले १४औँ महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा युवा पुस्ता आउनु सकारात्मक भएको बताउनुभएको छ।पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासीसमेत रहनुभएका नेता पौडेलले आज यहाँ आयोजना गर्नुभएको ‘धन्यवाद कार्यक्रम’मा उहाँले जनतामा युवा पुस्तामाथि ठूलो भरोसा रहेको उल्लेख गर्दै पार्टी नेतृत्वतहमा युवा आउनु सकारात्मक भएको बताउनुभएको हो ।‘निर्वाचनमा हारजित हुनु स्वभाविक हो, मैले जे खोजेको थियो, त्यो पार्टीभित्र भएको छ,

युवापुस्ता पार्टीको कार्यकारी भूमिकामा पुगेको छ, जिम्मेवारीमा पुगेका साथीलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु’, उहाँले भन्नुभयो।नेता पौडेलले पार्टीभित्र धेरै परिवर्तन आवश्यक रहेको जनाउँदै विधि, विधानअनुसार व्यवस्थित ढङ्गले कांग्रेस अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सबैलाई सङ्गठित गरेर पार्टी अगाडि बढनुपर्ने उहाँको भनाइ थियो ।उहाँले व्यक्तिका आधारमा नभई पार्टीभित्र नीति र पद्धतिमा प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो । पार्टीभित्र आम एकताको खाँचो रहेको उहाँको भनाइ थियो । पाको नेतृत्वले युवालाई अगाडि बढाएको जनाउँदै वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँले धन्यवादसमेत दिनुभयो ।रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार