- सत्य बटाला

सत्य बटाला,रुकुम पश्चिम। यहाँको आठबिसकोट नगरपालिकाले सेवा प्रवाहका लागि घुम्ती शिविर संन्चालन गरेको छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउन घुम्ती शिविर सञ्चालन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाहले जानकारी दिए ।

६५ औं नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार जनताको घर दैलोमा सार्वजानिक सेवा प्रवाह गर्ने, सेवा प्रवाहलाई जनमुखी वनाउने र सेवा प्रभावकारी कायम गरि चुस्त दुरुस्त सेवा प्रवाह गर्ने उदेश्यका साथ योजना सम्झौता, अपांगता परिचय पत्र वितरण, पञ्जिकरण सम्बन्धि सेवा तथा विभिन्न संस्था दर्ता/नविकरण सम्बन्धि सेवा प्रवाह घुम्ती शिविर संन्चाल गरिएको अधिकृत शाहले जानकारी दिए ।
उक्त शिविर बिहिवार देखि सुरु गरिएको हो । पहिलो दिन आठबिसकोट नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय मा सेवा प्रवाह घुम्ती शिविर संन्चालन गरि पहिलो दिन वडामा ६ वटा योजना सम्झौता गरि सेवा प्रवाह गरिएको बताइएको छ ।
शुक्रवार र शनिवार वडा नम्बर ४ र ५ को ज्ञानोदय माध्यामिक विद्यालय चौतारामा साे शिविर सञ्चालन गरिएको हो । शुक्रबार र शनिवार योजना सम्झौता ६ वटा सेवा प्रवाह गरिएको छ भने अपांगता परिचय पत्र (क) बर्गका १ जना, (ख) बर्गका ३ जना, (ग) बर्गका ३ जना र (घ) बर्गका २ जनामा सेवा प्रवाह गरिएको हो जस्मा महिला ४ पुरुष ६ जना गरि १० जनालाई सो शिविर मार्फत अपांगता परिचयपत्र वितरण गरिएको छ ।

त्यस्तै वडा नम्बर ४ र ५ मा आज शनिबार शिविर सम्पन्न गरिएको अधिकृत शाहले जानकारी दिए । भोलि देखि सेवा प्रवाह घुम्ती शिविर वडा नम्बर १,२ र ३ मा चल्ने छ । घुम्ति शिविर यहि पुस १० गते सम्म चल्ने नगरपालिकाले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार