पोखरा । समाजसेवी पुष्पा थापा मगरले आफ्नो जन्मदिनको अवसरमा खर्च कटाएर २ हजार बालबालिकाहरू लाई खाना खुवाउनका लागि रु २५००० (पच्चीस हजार)रुपैयाँ सहयोग गरेकी छन । पुस २ गते परेको उनको जन्म दिनको अवसरमा सामाजिक संस्थालाई सहयोग स्वरुप उक्त रकम हस्तान्तरण गरिएको हो ।

धादिङको थाक्रे गाउँपालिका स्थित तसर्पुमा रहेको १ दशकदेखि प्रेम सागर फाउन्डेसनले संचालन गरिरहेको जनभोजन कार्यलाई सहयोग र निरन्तरता होस भनेर समाजसेवी थापाले बच्चाहरुसँग गएर जन्मदिन मनाएकी हुन् । लामो समयदेखि समाजसेवामा आवद्ध थापाले विभिन्न चाडपर्व तथा पारिवारिक उत्सवहरुमा हुने फजुल खर्चलाई कटौती गर्दै समाजको ध्यानाकर्षण गराउन आफूले सामाजिक संघ संस्थालाई सहयोग गरेको बताइन् ।

थापा भन्छिन् ,सबैले आफ्नो जन्मदिन लगायत अन्य विभिन्न उत्सब हरुमा कुनै एक दिन भएपनी अनाबश्यक खर्च गरेर मिस्ठान्न भोजनको आयोजना गरि जन्मदिन अथवा उत्सब मनाउनु भन्दा समाजमा फरक काम गरिरहेकाहरुलाई प्रोत्साहन स्वरुप सक्दो सेवा र सहयोग गर्न सके मानवीय कर्तव्य पुरा हुन्छ।

थापाको जन्मदिबसमा सहयोग हस्तान्तरण कार्यक्रममा प्रेम सागर फाउन्डेसन संस्थाका प्रवन्धक / व्यवस्थापक भोला राउतले आर्थिक सहयोग प्राप्त गरि यस्तो उदाहरणिय सेवा मार्फत बालबालिका हरुको सुन्दर भबिस्य बनाउन सामाजिक सेवा गरेकोमा प्रशंसा गर्दै यो सेवा भाव अझै बढ्दै जाओस भन्दै, यो आगामी पिढी हरुले पनि पाठ सिक्नेछ्न भन्दै धन्यवाद सहित शुभ-कामना दिएका थिए ।
तनहुँ जिल्लामा जन्मिएकी पुष्पा हातेमालो अभियान नेपाल कस्कीकि सक्रिय सदस्य पनि हुन । उनले वृद्धआश्रम, र डा लक्ष्मी पन्थिको “तपाइले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ” भन्ने अभियानमा पनि भोलेन्टीरको रुपमा सहयोग गर्दै आएकी छन ।

सामाजिक संस्था र समाजसेवी थापा सहायक व्यवस्थापक को रुपमा सहज टेड बचत तथा ऋण सहकारी संस्थामा कार्यरत छन। सहयोग हस्तान्तरण कार्यक्रममा गोमा(प्रतिक्षा पन्थी),दिलमाया खाण लगायत सस्थाका संस्थापक ,बालबालिकाहरुको सहभागीता रहेको थियो । प्रेम सागर फाउन्डेसनले विद्यार्थीहरु लाई दिवा खाजा,खाना र स्थानीय बासिन्दाहरु निशुल्क रुपमा लाई खाना खुवाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार