सत्य बटाला , रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिकाको आयोजनामा सुरु भएको सेवा प्रवाह घुम्ती शिविर पालिकाको १,२,४ र ५ नम्बर वडामा सम्पन्न भएको छ । सेवा प्रवाह लाई थप प्रभावकारी बनाउन शिविर संन्चाल गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाहले जानकारी दिए ।

६५ औं नगर कार्यपालिकाको मिति २०७८ मंसिर १४ र १५ गते बसेको बैठकको निर्णय अनुसार जनताको घर दैलोमा सर्वजानिक सेवा प्रवाह गर्ने, सेवा प्रवाहलाई जनमुखी वनाउने र सेवा प्रभावकारी कायम गरि चुस्त दुरुस्त सेवा प्रवाह गर्ने उदेश्यका साथ योजना सम्झौता, अपांगता परिचय पत्र वितरण, पञ्जिकरण सम्बन्धि सेवा तथा विभिन्न संस्था दर्ता/नविकरण सम्बन्धि सेवा प्रवाह घुम्ती शिविर संन्चाल गरिएको अधिकृत शाहले जानकारी दिए ।
उक्त शिविर बिहिवार देखि सुरु गरिएको हो । पहिलो दिन आठबिसकोट नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय
मा सेवा प्रवाह घुम्ती शिविर संन्चालन गरि पहिलो दिन वडामा ६ वटा योजना सम्झौता गरि सेवा प्रवाह गरिएको बताइएको छ ।
शुक्रवार र शनिवार वडा नम्बर ४ र ५ को ज्ञानोदय माध्यमिक बिध्यालय चौतारामा साे शिविर सञ्चालन गरिएको हो । शुक्रबार र शनिवार योजना सम्झौता ६ वटा सेवा प्रवाह गरिएको छ भने अपांगता परिचय पत्र (क) बर्गका १ जना, (ख) बर्गका ३ जना, (ग) बर्गका ३ जना र (घ) बर्गका २ जनामा सेवा प्रवाह गरिएको हो जस्मा महिला ४ पुरुष ६ जना गरि जम्मा १० जनामा अपांगता परिचय पत्र वितरण गरिएको छ । वडा नम्बर १ र २ मा पुष ५ र ६ गते सिविर संचालन गरिएको हो सिविरमा अपांगता परिचय पत्र १३ जनामा जस्मा (ख) वर्गका २ जना (ग) वर्गका ६ जना (घ) ५ जना गरि महिला ५ जना पुरुष ८ जनालाई अपांगता परिचय पत्र वितरण गरिएको नगरपालिका जनाएको छ सेवा प्रवाह घुम्ती सिविरमा योजना सम्झौता ७ वटा गरिएको बताएको छ ।

आज सम्मा वडा नम्बर १,२,४,५ र ६ मा सेवा प्रवाह घुम्ती सिविर संन्चालन गरि सम्पन्न गरिएको हो । जम्मा अपांगता परिचय पत्र २२ जनामा वितरण गरिए छ भने योजना सम्झौता १९ वटा गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहले जानकारी दिए ।

भोलि सेवा प्रवाह घुम्ती शिविर वडा नम्बर ३ मा चल्ने छ । घुम्ति शिविर यहि पुस १० गते सम्म चल्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार