- सत्य बटाला

सडक निर्माणका लागि हेलिकप्टर मार्फत डोजर ढुवानी
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१ मा सडक निर्माणका सामग्री हेलिकप्टर मार्फत डोजर ढुवानी गरिएको छ । सडक सञ्जाल सँग नजोडिएको नगरपालिकाको १ नम्बर वडा उमोखोलामा सडक निर्माणका लागि हेलिकप्टर मार्फत डोजर ढुवानी गरिएको हो ।

भौगोलिक रुपमा विकट मानिने यो क्षेत्रलाई सडक सञ्जालसँग जोड्नको लागि सडक निर्माण सामग्री डोजर हेलिकप्टर मार्फत ढुवानी गरिएको हो ।

सडक सञ्जाल सँग नजोडिएको सो क्षेत्रमा नगरपालिकाले डोजर ढुवानी गरिरहेको छ । नगरप्रमुख गोर्ख बहादुर केसी (सन्देश )ले भने,, नगरपालिकाको सबैभन्दा विकट मानिने उमोखोला लाई तत्काल सडक सञ्जाल सँग जोड्दै छौँ । त्यहाँको भूगोलको कारणले गर्दा हेलिकप्टर मार्फत शुक्रबारदेखि डोजर ढुवानी गर्दै छौँ । नगरप्रमुख केसीका अनुसार हालसम्म नगरपालिका भित्र ३ सय किलोमीटर सडक ट्र्याक खोल्ने कार्यभैरहेको छ ।

बिहिबार नै नगरपालिकाको ३ नम्बर वडा स्थित खदिमा पुगेको श्री एयरलाइन्सको 9 N ADM हेलिकप्टर बाट शुक्रबारदेखि डोजर ढुवानी गरिरहेको १ नम्बर वडाअध्यक्ष देव बहादुर घर्तीले जानकारी दिए । अप्ठ्यारो भूगोलका कारण सर्वसाधारणले सडक खन्न सम्भव नभएर कमासु कम्पनीको १३० डोजर वडा नम्बर ३ खदी बाट १ नम्बर वडा तर्फ हेलिकप्टरबाट ढुवानी गरिएको घर्तीले बताए ।

अब उमोखोला देखि खदिसम्मको सडक निर्माण हुने छ । उक्त योजना साझेबगर,चैतेखारा,बारिङे सडक अन्तर्गत पर्दछ । यस अघिपनी नगरपालिकाको वडा नम्बर २ का विभिन्न भुभागमा हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार