काठमाडौं । इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा शनिबार ‘क्रिसमस डे’ मनाइँदैछ । दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले यस दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका छन् ।
विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०४६ पछि मनाउन थालिएको उक्त डे आज नेपालभर विविध कार्यक्रम गरि मनाईदैछ । काठमाडौको सेतोपुलमा रहेको अगापे चर्चमा पनि केक काटेर क्रिसमस डे मनाइएको छ ।
१० महिनाकी बालिका सोनाली बटालाले केक काटेर क्रिसमस डे मनाइएको चर्चाका पास्टर बुद्ध घिसिङले जानकारी दिए । घिसिङको नेतृत्वमा रहेको अगापे चर्चले नेपालका विभिन्न जिल्लाहरुमा समाजिक सेवा मार्फत समाजसेवा पनि गर्दै आएको छ ।