- छविलाल विष्ट

छविलाल विष्ट, रुकुम पश्चिम सानिभेरि गाउँपालिका वडा नम्वर ३ बैरेनीतरामा क्रीकेट खेल मैदान निर्माणको काम भैरहेको छ जनजागरण युवा क्लव र बैरेनीटापु नमुना कृर्षक समुहको साझेदारीमा खेलमैदान निर्माण भैरहेको हो । सनिवार देखी निर्माण कार्य सुरु भएकामा हो अहिले आधा काम सकिएको छ ।
वडा अध्यक्ष कप खेलकूद संन्चालन गर्न सहज होस् भनेर क्लव र समुहको साझिदारीमा खेल मैदान निर्माण हुन लागेको हो । गाउँपालिकालाई लक्षित गरेर क्रिकेट मैदान निर्माण भइरहेको खेलकूद सदस्य सचिव बालकुमार नकाल ले जानकारी दिए । क्रिकेट पिचको लागी दुईवटा टिपरले माटो वसारीएरको र छिटै क्रिकेटको पिच बन्ने उनले बताए । खेल मैदानको करीब २ सयमिटर लम्वाई र २सय मिटर चौडाई रहेको बर्ताइएको छ ।
यो खेल मैदान निर्माणका लागि विभिन्न यसक्षेत्राका युवाले ठुलो सहयोग रहेको पाइन्छ। यो खेल मैदान निर्माण भए लगत्तै माघ १०गते बाट वडा अध्यक्ष कप संचालन गरिने छ जनजागरण युवा क्लव का अध्यक्ष बिकल्प बि क ले बताए । काम धमाधम भइरहेको छ, उनिले भने क्रीकेट लाई फोकस गरेर खेल मैदान बनिरहेको छ यो खेलमैदान बन्ने लगतै पालिकामा क्रिकेट को गतिबिधि बड्ने उनको भनाई छ क्रिकेट भलिबल ब्याटमिन्टन लगाएतका कोठाहरु खेलको नियम अनुसार कोड हुने समेत उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार