- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिम आठबिसकोट नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजना तथा स्वास्थ्यको लागि सक्षम प्रणालीको समन्वयमा आठबिसकोट नगरपालिका भित्र कार्यरत स्वास्थ्य साझेदार संघ संस्थहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको स्वास्थ्य ताथा सामाजिक विकास शाखा संयोजक प्रेम प्रकाश रोकायले बताए ।

नगरपालिका भित्र कार्यरत संघ संस्थाहरु द्वारा संचालित क्रीयाकलापहरुको जानकारी आदान प्रदान गर्ने, स्वस्थ्य संवाको पहुँच र सामानुपातिक उपोभोगमा सुधार ल्याउने उदेश्यका साथ कार्यक्रम सन्चालन गरिएको शाखा संयोजक रोकायले जानकारी दिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य बिमा, स्वास्थ्यका लागि सक्षम प्रणाली, नेपाल रेडक्रस सोसाइटी उपशाखा आठबिसकोट, रुकुमेली समाज बिकास केन्द्र (सुआहारा) आठबिसकोट, बहुक्षेत्रीय पोषण योजना आठबिसकोट लगयतले आफ्नो कार्य योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रममा जानकारी गराएको बताइएको छ ।

स्वास्थ्य साझेदार संघ संस्थाहरुको अन्तरक्रिया कार्यक्रममालाई सम्बोधन गर्दै वडा नम्बर ९ वडा अध्यक्ष तारक बहादुर शाहीले यो कार्यक्रम प्रभावकारी र रचनात्मक रहेको भन्दै स्वास्थ्य साझेदार संघ संस्थाहरुको अन्तरकृया कार्यक्रमले अन्य साझेदार संस्था संग कोशे ढुङगाको कार्य गर्ने बताए ।
कार्यक्रमका सभा अध्यक्ष तथा आठबिसकोट नगरपालिका

निमित्त प्रमुख प्रसाशकिय अधिकृत मणि राज शाहले कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य संस्थालाइ चुस्त दुरुस्त र प्रभावकारी बनाउनको लागि यो कार्यक्रम आयोजना गरिएको बताउदै अगामी दिनमा अन्य कार्यक्रम गर्दा साझेदारमा गर्ने सुझाव दिदै नगरपालिका बाट आफुबाट हुने सक्ने सम्पुर्ण सहयोग गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार