- सत्य बटाला

सत्य बटाला,रुकुम पश्चिम आठबिसकोट नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजना र जिल्ला सुआहाराको रुकुम (पश्चिम)को आर्थिक तथा प्राबिधिक सहयोगमा बिध्यालय सस्तरका किशोरिहरुलाइ आइरन फोलिक एसिड खुवाउने सम्बन्धि पालिका स्तरीय समिक्षा गोष्ठी सन्चालन गरिएको स्वास्थ्य तथा सामाजिक बिकास शाखा प्रमुख प्रेम प्रकाश रोकायले बताए ।

बिध्यालय स्वास्थ तथा पोषण कार्याक्रम मा किशोरिलाइ आइरन तथा फोलिक एसिड खुवाउने सम्बन्धि नीति, रणनीति, पोषणको महत्व र खुवाउने तरिका बारे पालिका स्तरका बिद्यालय शिक्षक शिक्षिकालाई एक दिने गोष्ठी राखेको शाखा प्रमुख रोकायले जानकारी दिए ।

बिद्यालयमा सस्तरमा रहेका किशोरिहरुलाई आइरण फोलिक एसिड प्रयोग नगर्ने, खान्छु भन्ने तर नखाने समस्य देखा परेको हुदा आइरन पोलिक एसिड खुवाउन शिक्षक शिक्षिकाहरुले महत्वपुर्ण भुमिका रहेकोले शिक्षक शिक्षिकाहरुले आफ्नो बिद्यालायमा किशोरिहरुलाइ आइरण पोलिक एसिड खुवाउन मद्दत गर्नुहुने छ भन्ने उदेश्यले एक दिने गोष्ठी आयोजना गरिएको सुआहारा जिल्ला संयोजक पुस्प बहादुर रावलले बताए ।

उहाँका अनुसार पालिका स्तरीय किशोरिहरुलाइ आइरन तथा फोलिक एसिड खुवाउने सम्बन्धि गोष्ठी पहिलो चरणमा सानोभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिका मा सम्पन्न गरिएको बताएको छ। बाँकि मुसिकोट नगरपालिका,चौरजाहारि नगरपालिका र त्रीबेणी गाउँपालिकामा दोस्रो चरणमा लगतै बैठक गरिने सुआहारा जिल्ला संयोजक रावलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार