- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिम आठबिसकोट नगरपालिकाको वडा नम्बर ११ चिसापानीमा गाडि दुर्घटना भएको छ । रुकुम पश्चिमको चौरजहारीबाट आठबिसकोट नगरपालिकाको राडि आउदै गर्दा लु अ ७८५८ नम्बरको गाडि दुर्घटनामा परेको इलका प्रहरी कार्यालय आठबिसकोटले जानकारी दिएको छ । गाडि दुर्घटनामा ४ जना घाइते भएका छन ।

एम.के. अटाे पार्टस
घाइते हुनेमा चालक कुमाख गाउँपालिका ४ सल्यानका २८ बर्षका दिनेश बिष्ट , घोराहि उपमहानगरपालिका ३ दाङका २८ बर्षकै शान्तराज चौधरी, चौरजहारी नगरपालिका १ का २९ बर्षीया खिप्रकाश डिसी र तुल्सिपुर नगरपालिका ४ दाङका दिपक न्यौपाने रहेका छन । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई नगर अस्पताल आठसिकोटमा उपचार भैरहेको र एक जनाको अवस्था गम्भिर भएकोले नेपालगञ्ज रिफर गरीएको छ । गाडि सडक बाट ६० मिटर तल खसेको बताइएको छ । गाडि पुर्ण रुपमा क्षति भएको छ । गाडिमा सवार ४ जना थिए । मगलबार राति ८ बजे गाडी दुर्घटनामा परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार