- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ कि एक महिला ढुंगाले लागेर घाइते भएकी छिन् । वडा नम्बर ९ गिजाकि ४० वर्षिया मनकली नेपाली गिट्टी कुट्ने क्रममा ढुंगा लागेर घाइते भएकिन हुन ।

शुक्रबार दिउँशो गिट्टीका लागि ढुंगा तान्ने क्रममा ढुंगाले देब्रे खुट्टामा चोट लाग्दा नेपाली घाइते भएको बताईएको छ । उहाँको खुट्टामा गहिरो चोट लागेको आठबीसकोट नगर अस्पतालले जनाएको छ। अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरि लगिएको बताएको छ । नेपाली लामो समय देखि गिट्टी कुटेर आफ्नो पारिवारिक गुजारा चलाउदै आएकि थिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार