अखिल नेपाल फुटबल संघ ९एन्फा० का पूर्वअध्यक्ष गणेश थापाले एन्फाको कार्यकारिणी समितिको बैठकमा आफ्नो धारणा राख्न दिन माग गरेका छन् ।

थापाले एन्फा अध्यक्ष अध्यक्ष कर्माछिरिङ शेर्पालाई मंगलबार पत्र लेखेर पुस २२ गते बोलाइएको कार्यकारिणी समितिको बैठकमा आफ्नो धारणा राख्न दिन माग गरेका हुन् ।

शेर्पा एन्फा अध्यक्ष भएदेखि बारम्बार आफूलाई आरोपित गरिएको भन्दै थापाले भनेका छन्, ‘तपाईंले लगाएका आधारहीन आरोपहरुबारे संघको कार्यकाररिणी समितिमा कुरा राख्दै कार्यकारिणी समितिमार्फत आम जनमानसलाई जानकारी गराउनु मेरा लागि अनिर्वाय बनेको छ ।’

आफूमाथि फिफाले प्रतिबन्ध लगाएको भएपनि यो विषय फुटबल गतिविधि नभई आफ्नो व्यक्तिगत भएको भन्दै थापाले कार्यकारिणी समितिमा धारणा राख्न दिन माग गरेका हुन् ।सबै खेल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार