- चन्द्रप्रकाश नेपाली,

चन्द्रप्रकाश नेपाली,,जिल्लाको घोराही उपमहानगरपालिका अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कद्वारा यात्रुलाई तपाईंको माक्स खोइ अभियान सुरु गरेका छन ।
उक्त तपाईंको माक्स खोइ सामाजिक दुरि कायम गरौं अभियानमा माक्स नलगाएका यात्रु लाई माक्स वितरण गरिएको र उक्त अभियानमा टिकट काउटरका कर्मचारीले पनि भरपुर साथ दिएको अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कका प्रमुख हवल्दार जीत बहादुर खत्रीले जानकारी दिएका छन ।

खत्रीका अनुसार उक्त अभियानमा सेबारखोला टोल विकास सस्था वडा नम्बर १४ ले उक्त अभियानमा करिब २०० थान माक्स सहयोग गरेको उनिले जानकारी दिएका छन । नागरिक प्रति आफुहरुको ठुलो भुमिका रहेकोले यो अभियान सुरु गरिएको उनिले बताएका छन ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार