- सत्य बटाला

सत्य बटाला मुसिकोट । कोरोना महामारीको संक्रमणदर बढ्दै गएपछि सोमबारदेखि रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र रुकुम पश्चिमको आयोजनामा नेपाल पत्रकार महासंघ रुकुम, सामुदायिक प्रहरी सेवा केन्द्र, रुकुमेली समाज विकास केन्द्र सुआहारा परियोजनाको सहकार्यमा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरिएको हो ।

हिजो मुसिकोटको खलंगा स्थित कालिकास्थानबाट अभियान सुरुवात गरिएको र अभियानको क्रममा मास्क नलगाई हिड्डुल गरेकाहरुलाई मास्क वितरण गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिए । अभियानको पहिलो दिन एक हजार निःशुल्क मास्क वितरण गरिएको छ । कोरोनाको जो…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार