- टिमखबर सम्बाददाता

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -४ गोतामकोट स्थित एक युवक मृत अवस्थामा फेला परेका छन् । गोतामकोटको बिष्टगाउँ स्थित आफ्नै घरमा २३ वर्षका धुव्रराज बिष्ट शनिबार झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

आज बिहान ऊनी आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ । प्रहरीका अनुसार उनको शव लाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ ।

ऊनी लामो समयदेखि एकान्त बासमा बस्दै आएको र मानसिक समस्याका कारण आत्महत्या गरेको हुनसक्ने बताइएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार