रुकुम पश्चिम । नेपाली कांग्रेसका नेता धिरेन्द्र कुमार बटालाले स्थानीय चुनाव तोकेको समयमै हुनुपर्नेमा जोड दिएका छन् । निर्वाचनका लागि सत्ता गठबन्धन दलहरुले ठोस निस्कर्स निकाल्न नसकेको प्रति दु:ख व्यक्त गर्दै बटालाले यस्तो भनेका हुन् ।

उनले लेखका छन् ,, स्थानीय तहको निर्वाचन नहुनु भनेको संघीयताको मुलमर्म माथिको ठाडो प्रहार हो । गाउँ गाउँमा सिंहदरबारको उपमा पाएको स्थानीय तह जनता सँगै जोडिएकोले यो चुनाव लोकतन्त्रको आधारस्तम्भ समेत हो “।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले ,,लोकतन्त्र बिपरित संविधानको मुलमर्म लाई कुल्चिएर स्थानीय तहको निर्वाचन नगराउनु स्विकार्य नहुने समेत बताउँदै स्थानीय तहको चुनाव समयअवधी भित्रै गराउनुपर्ने बताएका छन् । बटाला नेपाली कांग्रेस रुकुम पश्चिमका पुर्व उपसभापति हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार