रुकुम पश्चिम । आठबिसकोट नगरपालिका रुकुम पश्चिमले विषय अध्ययनका लागि छात्रवृत्ति आवेदन पेश गर्ने भनी गरिएको बिज्ञापनमा देखिएको छ । उक्त छात्रवृत्तिका लागी खुला आवेदन मार्फत दर्खास्त आह्वान गरिएको सूचना बिना नै एकैपटक छात्रवृत्ति छ्नौटमा परेका विद्यार्थीको नामवली प्रकाशन गरिएको भन्दै बिवाद चर्किएको हो ।

तर नगरपालिकाले छात्रवृत्तिको लागि खुला बिज्ञापन गरिएको जनाएको छ । छात्रवृत्तिमा छ्नौट भएका आवेदक सम्बन्धि माघ १६ गते नगरपालिकाले निकालेको सूचना लाई लिएर विवाद बढ्दै गएपछी नगरपालिकालाई जिल्ला प्रशासन रुकुम पश्चिमले जाँचबुझका लागि माघ १८ गते पत्र पठाएको थियो ।

नगरपालिकाले भने उक्त छात्रवृत्तिका लागि गत माघ ८ गते सूचना प्रकाशन गरिएको जनाएको छ । माघ ८ गते सूचना प्रकाशन गरीएको तर प्राविधिक कारण नगरपालिकाको आधिकारिक फेसबुक पेज ( सामाजिक सञ्जाल )र वइभ साइटमा नराखिएको प्रष्ट पारेको छ ।

छात्रवृत्ति अध्ययनका लागि माघ ३ गते प्रमुख प्रशासकीय अधिकृत मणि राज शाह को अध्यक्षतामा तीनजनाको छात्रवृत्ति छ्नौट समिती गठन गरिएको जनाईएको छ । छात्रवृत्ति प्रदान सम्बन्धि कुनैपनी बिज्ञापन नगरी नामवली प्रकाशन गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले नगरपालिकालाई सत्यतथ्य छानबिनका लागि पत्र पठाएको र सोही दिन पत्रको जवाफ समेत पठाईसकेको प्रशासकीय अधिकृत शाहले जानकारी दिए । शाहका अनुसार छात्रवृत्तिको प्रक्रिया जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निर्णय नगरुन्जेलसम्म रोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार